गृहपृष्ठ सुनचाँदीको मूल्य ओरालो

सुनचाँदीको मूल्य ओरालो

सुनचाँदीको मूल्य ओरालो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला पाँच हजार र चाँदीको मूल्य १४५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५१० कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६५५ कायम भएको थियो ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु