गृहपृष्ठ २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो २२८ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो २२८ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २२८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा ६ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, हर्न निषेधमा १ जना, अवस्था ठिक नभएको १, एकतर्फिमा २ र अन्यमा ७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०७:०७ बजे


















