काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री

1.2K
shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताएका छन ।

राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने “जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन । हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ, हामी जलवायु न्यायका पक्षमा छौँ, हामीले न्याय पाउनुपर्छ ।”

उनले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ समेत भएको स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बढी मात्रामा कार्बज उत्सर्जन गर्ने राष्ट्रहरूले नै बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उनले जलवायु न्याय अब पीडितका पक्षमा हुनुपर्ने र राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्यांश बन्न नहुने बताए ।

उनले जलवायु परिवर्तनको असरका सम्बन्धमा सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गरे ।

बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री शाहले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसङ्घ आजको आवश्यकता हो भने ।