गृहपृष्ठ पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मारी ती सामान बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा गएको सो टोलीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरिएको रौतहट जिल्ला सशस्त्र प्रहरी प्रमुख चेतराज जोशीले जानकारी दिए । उनका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य ५० लाख १४ हजार ५०० रहेको । यसैगरी, घटनास्थलबाट दुई थान मोटरसाइकल समेत बरामद गरिएको छ ।

प्रहरीले बरामद गरिएका सामान तथा मोटरसाइकल गौर भन्सार कार्यालय, रौतहटमा बुझाएको र बरामद सामग्रीको स्रोत तथा यस प्रकरणमा संलग्न अन्य व्यक्तिका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु