गृहपृष्ठ भारतमा आईफोन १८ को बिक्री सुरू

भारतमा आईफोन १८ को बिक्री सुरू

भारतमा आईफोन १८ को बिक्री सुरू

काठमाडौं : एप्पलको आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री आजदेखि भारतमा सुरू भएको छ। नयाँ फोन किन्न ग्राहकहरू रातिदेखि नै दिल्ली,नोएडा, मुम्बई र बेंगलुरु जस्ता शहरमा मोबाइल स्टोरहरू बाहिर जम्मा हुन थालेका छन्।

नोएडाको डीएलएफ मल अफ इन्डियामा रहेको आधिकारिक एप्पल स्टोर बाहिर गए रातिदेखि नै मानिसहरूको लामो लाइन देखिएको थियो। नयाँ आईफोन किन्ने पहिलो व्यक्ति हुने दौडमा, मानिसहरू बिहीबार राति २ बजेदेखि नै मल र पसलहरू बाहिर लाइन लाग्न थालेका हुन्।

देशका विभिन्न राज्यका मानिसहरू बिहान ६ बजेदेखि नै स्टोर बाहिर लाइनमा बस्न थालेका थिए। उनीहरूको उद्देश्य नयाँ आईफोनको पहिलो डेलिभरी प्राप्त गर्नुथियो। पञ्जाबलगायत विभिन्न राज्यबाट समेत मानिसहरू आईफोन १८ प्रो किन्न नोएडाको डीएलएफ मल पुगेका थिए।

भारतीय बजारमा आईफोन १८ प्रोको २५६ जीबी मोडेलको मूल्य १६५,००० छ भने ५१२ जीबी मोडेलको मूल्य १८९,९०० छ। १ टिबी मोडेलको मूल्य २३९,९०० छ र २ टिबी मोडेलको मूल्य ३१४,९०० तोकिएको छ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु