गृहपृष्ठ स्विडेनको निर्वाचनमा विपक्षी गठबन्धनलाई झिनो बहुमत, प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा

स्विडेनको निर्वाचनमा विपक्षी गठबन्धनलाई झिनो बहुमत, प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा

स्विडेनको निर्वाचनमा विपक्षी गठबन्धनलाई झिनो बहुमत, प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा

स्विडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गरेका छन् ।

स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार आइतबार भएको निर्वाचनमा ३४९ सदस्यीय संसद् (रिक्सडाग०)मा विपक्षी चार दलले १७६ सिट जितेका छन् । निवर्तमान मध्य–दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि क्रिस्टरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा संसद्का सभामुखलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न आग्रह गरेका छन् । उनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन मार्गप्रशस्त गर्न राजीनामा दिने बताएको हुन् ।

पूर्वप्रधानमन्त्री मग्डालेना एन्डरसनको सोसल डेमोक्र्याटिक पार्टी ९९ सिटसहित संसद्को सबैभन्दा ठूलो एकल दल बनेको छ । यद्यपि, विपक्षी गठबन्धनभित्रका दलहरूबीचको मतभेदका कारण नयाँ सरकार गठन चुनौतीपूर्ण हुने देखिएको छ ।

विपक्षी गठबन्धनको अग्रता सुरुमा अनिश्चित देखिए पनि विदेशबाट आएका मतपत्र तथा निर्वाचनको दिनसम्म मतदान केन्द्रमा नपुगेका प्रारम्भिक मतसमेत गणना भएपछि नतिजा पुष्टि भएको हो ।

क्रिस्टरसनले तीनदलीय मध्य–दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गर्ेका थिउ । उनको सरकारलाई संसद्मा ‘स्विडेन डेमोक्र्याट्स’ पार्टीको बाह्य समर्थन थियो । यस निर्वाचनमा उक्त पार्टीले ६२ सिट जितेको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा ११ सिट कम हो ।

एन्डरसन नेतृत्वको गठबन्धनमा सोसल डेमोक्र्याट्स, लेफ्ट पार्टी, सेन्टर पार्टी र ग्रिन पार्टी छन् । सेन्टर पार्टीले स्विडेन डेमोक्र्याट्ससँग सहकार्य नगर्ने अडान लिँदै आएको छ भने लेफ्ट पार्टीसँगको सहकार्यप्रति पनि उसको असहमति छ । यसले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र वार्ता र सहमतिको आवश्यकता बढाएको छ ।रासस

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु