काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलङ्काका कप्तान असलङ्काले नेपाल प्रिमियर लिग खेल्ने

1.43K
shares

काठमाडौँ । श्रीलङ्काको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्काले नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो । २९ वर्षीय असलङ्काले श्रीलङ्काका लागि ७७ टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन् । बलिङतर्फ उनले सात विकेट लिएका छन् ।

फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन् । असलङ्काले हालसम्म १८५ टी–२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग ९एलपिएल०, पाकिस्तान सुपर लिग ९पिएसएल० र इन्टरनेसनल लिग टी–२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन् ।

अब असलङ्का एनपिएलमा पनि देखिने छन् । एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुने तालिका छ ।