काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्वदलीय सयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्नेसम्मका माग

1.24K
shares
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन हुनुपर्ने बताएका छन ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै उनिहरुले विपद्पछिको उद्धारका साथै सुरक्षित यातायातका लागि सडक सुरक्षामा ध्यान दिन र चालकको अनुभवलाई अपरिहार्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
बैठकमा सांसद अर्जुनरनरसिंह केसीले भोटेकोशी बाढीपछिको खोज र उद्धार कार्य थप प्रभावकारी बनाउन तथा राहत र पुनःस्थापनाका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले यस कार्यमा आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको जानकारी दिँदै विपद्मा प्रभावकारी राहत र उद्धारका लागि संसदबाट सर्वदलीय समिति निर्माण गर्नु आवश्यक रहेकामा जोड दिए ।
सांसद केसीले अत्यावश्यक दैनिक उपभोग्यमा देखिएको कालोबजारी र महङ्गी नियन्त्रण गर्न तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारसँग माग गरे ।
सांसद पुकार बमले मकवानपुरमा मङ्गलबार भएको विद्युतीय गाडी दुर्घटनाको बारेमा जानकारी गराउँदै सुरक्षित यातायातका लागि सडक सुरक्षा तथा चालकको परिपक्वता र अनुभव सन्दर्भमा समेत ध्यान दिइनु पर्ने माग गरे ।
उनले नेपालमा विद्युतीय गाडी नयाँ भएकाले ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्न माग गरे । सांसद धनन्जय रेग्मीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारणले भएको भन्नेमा दुईमत नरहेको उल्लेख गर्दै नेपालसँग भएका प्रमाणका साथै इसिमोडलगायत निकायले गरेको अध्ययन र अनुसन्धानले समेत उक्त विषय पुष्टि भइसकेको बताए ।
विश्वव्यापी तापक्रम वृद्धिले हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घको महासभामा हुने सहभागितामा संयुक्त धारणा हुने गरी विषयवस्तु तयारी गर्नुपर्ने बताए । जलवायु र हिमालका मुद्दामा नेपालले नेतृत्व गरी विश्वव्यापी तापक्रम बढेको र जलवायु परिवर्तन भएको विश्वलाई सन्देश दिनुपर्ने सांसद रेग्मीको भनाइ थियो ।
सांसद माधवबहादुर थापाले पाल्पाको सिद्धबाबा क्षेत्रमा दिनहुँ हुने दुर्घटनाका बारेमा जानकारी गराउँदै सो क्षेत्रमा निर्माणाधीन सुरुङ मार्ग अन्तिम चरणमा पुगेको भएपनि चाडो निर्माण सम्पन्न गर्न काममा तीव्रता दिन आग्रह गरे । उनले वैकल्पिक सडकको निर्माण र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ,