काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जेनजी विद्रोहपछि पनि जनतामा आशा जागेन : लिङदेन

1.58K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने वातावरण बन्न नसकेको बताएका छन।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको बताए। उनले विद्रोहपछि राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको तथा मुलुकको भविष्यबारे अन्योल गहिरिँदै गएको दाबी गरे।

लिङदेनले विद्रोहको उद्देश्यअनुसार अपेक्षित परिवर्तनको अनुभूति जनताले गर्न नसकेको बताउँदै देश अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे।