गृहपृष्ठ प्रतिनिधिसभामा उठ्यो ग्यास अभावका विषय
प्रतिनिधिसभामा उठ्यो ग्यास अभावका विषय
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासका देखिएको अभाव हटाउन प्रभावकारी बजार अनुगमन गरी कालोबजारी नियन्त्रण गर्न माग गरेका छन ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनिहरूले ग्यासमा कृत्रिम अभाव देखाइएको विषयमा सरकार र सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए । उनिहरूले हाल बजारमा खाना पकाउने ग्यासको हाहाकार भएको जानकारी गराउँदै तत्काल ग्यासमा देखिएको कालाबजारी अन्त्य गरी सहज आपूर्तिको माग गरेका थिए ।
साथै उनिहरूले जलवायु परिवर्तनका कारण भोटेकोशी बाढी विपद् भएको विश्वलाई जानकारी गराउँदै त्यसको क्षतिपूर्तिका लागि सरकारले वकालत गर्नुपर्नेमा जोड दिएका थिए । सांसदहरूले टुकाभद्रा हमाल, गणेशबहादुर विश्वकर्मा, सरस्वती लामा, सुम्निमा उदास, राम लामा, गुरूप्रसाद बराल, बदनकुमार भण्डारी, जगतसिंह धामी, अचुतम लामिछाने, रञ्ज न्यौपाने, रमेशकुमार सापकोटा, कमल सुवेदी, विदुषी राणा, प्रदीप विष्ट, रुबिना आचार्य, करिष्मा कठरियाले भोटेकोशी बाढीको विपद्मा जारी खोज, उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै र पुनःस्थापना तथा पुनःनिर्माणका योजना बनाउन विभिन्न सुझाव दिएका थिए ।
बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
प्रकाशित समय : १६:५८ बजे


















