गृहपृष्ठ नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित ग-यो । पहिलो सेटमा २१–२५ अङ्कले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पा-यो ।

अन्नपूर्णले दोश्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० अङ्कले जित्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ दी म्याच’ घोषित भए ।

लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ सेटले पराजित भएको थियो । अन्नपूर्णले दोस्रो खेलमा काठमाडौँ रेड्सलाई ३–०, तेश्रोमा मधेस वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० सेटले हराएको थियो ।

सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसँग पराजित हुनुअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौं रेड्ससँग ३–० सेटले पराजित भएको थियो । दुई खेल जितेको सगरमाथाले मधेसलाई ३–१ र खप्तडलाई ३–० सेटले हराएको थियो ।

नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टोली सहभागी छन् । सहभागी टोलीले पहिला सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । विजेता टोलीले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु