गृहपृष्ठ हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा सङ्लग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी दिएको हृन् ।
विदेशमन्त्री ओर्बानले रुसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्नेबारे विस्तृत जानकारी दिनुभएन् । उनीहरूले कति समयभित्र हङ्गेरी छोड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन ।
उनका अनुसार रुसी राजदूतलाई हङ्गेरीका अधिकारीको मूल्याङ्कनअनुसार रुसी नियोगका १० सदस्यले हङ्गेरीमा कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिअन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी दिइएको थियो ।
भियना महासन्धिले कूटनीतिज्ञको आचरण, अधिकार र जिम्मेवारीसम्बन्धी अन्तरराष्ट्रिय नियम निर्धारण गर्छ ।
विदेशमन्त्रीले यो निर्णयले हङ्गेरीको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने बताउनुभयो । यद्यपि, यसबाट रूससँगको कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत नरहेको उनले स्पष्ट पार्े ।
“यसले रूससँग कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत गर्दैन । हङ्गेरी पारस्परिक सम्मान र नियमको पालनामा आधारित आवश्यक संवाद जारी राख्न चाहन्छ,” उनले विज्ञप्तिमा भन्े ।
यो कदम प्रधानमन्त्री पिटर मग्यार नेतृत्वको सरकारको रूससम्बन्धी नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । मग्यारले यस वर्षको सुरुमा पदभार ग्रहण गर्दा हङ्गेरीको रूस समर्थक नीति अन्त्य गर्ने प्रतिबद्धता जनाएको थिए ।
यसअघिका प्रधानमन्त्री भिक्टर ओर्बानलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीका रूपमा हेरिन्थ्यो । उहाँको कार्यकालमा हङ्गेरीले रूसमाथि युरोपेली सङ्घले लगाएका केही प्रतिबन्धलाई ढिलाइ गर्ने वा अवरुद्ध गर्ने प्रयास गरेको थियो । साथै, रूससँग ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्झौतालाई पनि अघि बढाइएको थियो ।
प्रकाशित समय : २०:०१ बजे


















