गृहपृष्ठ एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य
KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ । शनिबार मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।
उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको पारि खेले । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे ।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित १९ रन दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट नै हात पारे ।
ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए । नेपाली टोली आजको खेलमा जित दर्ता गरेर सेमिफाइनल यात्रा सुरक्षित गर्न चाहन्छ ।
नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियाविरुद्ध छ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङविरुद्ध खेल्ने तालिका छ ।
प्रकाशित समय : ११:२१ बजे


















