काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

1.55K
shares

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।