काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस मनाइँदै

1.58K
shares

काठमाडौं । आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । प्रत्येक वर्ष भदौ २० गतेका दिन मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउँने गरिन्छ।

सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

यो दिवस मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधविरुद्ध समाजमा सचेतना फैलाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण मानिन्छ।