गृहपृष्ठ मेदान्ता–द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

मेदान्ता–द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

मेदान्ता–द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डधारकलाई भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार बाह्यरङ्ग सेवा (ओपीडी) अन्तर्गतका सबै परामर्श तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचमा हस्पिटलको प्रचलित दरमा १५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै, अन्तरङ्ग सेवा (आईपीडी) अन्तर्गत कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचमा पनि हस्पिटलको प्रचलित दरमा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पिटलका तर्फबाट प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंक लिमिटेडका तर्फबाट कन्ट्री हेड–भारत सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ।

प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।

बैंकले गुणस्तरीय तथा सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप विभिन्न संस्थासँग सहकार्य गर्दै ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित समय : १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु