काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढीको प्रभाव : ‘फेस अफ नेपाल–२०२६’को फिनाले सेप्टेम्बर ६ मा

1.24K
shares

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेको मिति सारिएको छ ।

आयोजक एमएस प्रोडक्सनले सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गरिएको जनाएको छ ।

यसअघि अगस्ट ३० का लागि तय गरिएको फिनाले अब सेप्टेम्बर ६ मा आयोजना हुने भएको छ । ग्वार्कोस्थित रोयल टुलिपमा साँझ ५ बजेबाट फिनाले सुरु हुनेछ । आयोजकले अगस्ट २८ मै फिनाले स्थगित गरिएको जानकारी गराए पनि नयाँ मिति भने आज सार्वजनिक गरेको हो ।

आयोजकले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति समझदारी र सहयोगका लागि आभार व्यक्त गर्दै विपद्को यस अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।

फिनालेमा ८ महिला र ११ पुरुष गरी कुल १९ प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल–२०२१’ तथा अभिनेत्री एवं मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल–२०२४’का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक एवं फेसन डिजाइनर सुकनीता चौलागाईं तथा नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका छन् ।

कोरियन फेसन शोका परिचित अनुहार याङ युई सिङ फिनालेका लागि नेपाल आइसकेका छन् ।

‘फेस अफ नेपाल–२०२६’ अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’ दक्षिण कोरियाको नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।