गृहपृष्ठ इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम । इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् ।

वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले नगदेबालीको रुपमा व्यावसायिक स्कुस खेती गरिरहेको पाइएको छ । सूर्योदय नगरपालिका–८ किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन। चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आउनुभएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ । उनले विस २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यावसायिक स्कुस खेती सुरु गरेका हुन।

स्कुस बेचेर उनले वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएका छन । “मैले चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएको छु, अहिले ४० रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गरेको छु,” उनले भने, “गत वर्ष रु १२ लाखको स्कुस बेचेको थिएँ, यस वर्ष धमाधम बिक्री भइरहेको छ ।”

भिरालो तथा थोरै जमिनमा पनि धेरै फल्ने, सस्तो, स्वादिलो र मध्य पहाडी तथा हिमाली क्षेत्रमा भान्सामा धेरै पाक्ने तरकारीका रुपमा स्कुसलाई लिने गरिएको छ । स्कुसको मुन्टा र जरा समेत तरकारीका लागि स्वादिष्ट र स्वस्थ्यकर मानिन्छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु