गृहपृष्ठ भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन
सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एलफ्ट होटल सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदै छ ।
सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो ।
पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ त्यति नै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानाकर्षण गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ ।
सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समिक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन् ।
सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टा छुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिए ।
कम लागतमा नै संरचनालाई दिगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ ।
शुक्रबारबाट सुरु हुने सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।
प्रकाशित समय : १६:३४ बजे



















