global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका सञ्चालकहरूद्वारा सपथ ग्रहण

मुक्तिनाथ विकास बैंकका सञ्चालकहरूद्वारा सपथ ग्रहण

मुक्तिनाथ विकास बैंकका सञ्चालकहरूद्वारा सपथ ग्रहण

मुक्तिनाथ विकास बैंकको तेह्रौं वार्षिक साधारण सभाले चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी केसी (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।

नवगठित सञ्चालकहरुको पहिलो बैठकले बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । अन्य नवनिर्वाचित सञ्चालकहरुलाई अध्यक्ष ढकालले सपथ ग्रहण गराएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङलगायतका सेवा पनि प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु