गृहपृष्ठ ४ करोड ५८ लाखको लगानीमा १३ वटा विद्यालय निर्माण
४ करोड ५८ लाखको लगानीमा १३ वटा विद्यालय निर्माण
जिल्लाको आदर्श गाउँपालिका ३ मा रहेको लक्ष्मी माद्यमिक विद्यालय काँडी मा ८७ लाख १९ हजार ८ सय ४५ को लागतमा २ कोठे ३ वटा भवनहरु बनेका छन् ।
शौचालय र बालमैत्री खानेपानीसहित निर्माण गरेको विद्यालय आदर्श गाउँपालिका प्रमुख टेकवहादुर रोकायाको प्रमुखको उपस्थितिमा उद्घाटन र हस्तान्तरण गरिएको हो ।
त्यस्तै भैरव आधारभूत विद्यालय भाडीसैनको जोखिममा रहेको विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि १ करोड १९ लाख ८६ हजार ८ सय ४० को लागतमा २ कोठे ३ वटा भवनहरु निर्माण गरेको छ ।
भूकम्प प्रतिरोधी भवनमा युरिनल सहितको शौचालय र खानेपानीको व्यपस्था पनि गरिएको बताइएको छ ।
त्यस्तै सायल गाउँपालिका ६ मा रहेको हिमालय आधारभूत विद्यालय दल्लेखमा ४ वटा विद्यालय भवन निर्माण गरिएको छ । सो विद्यालयमा ९८ लाख ३४ हजार ५ सय ४८ रुपैयाँको लागतमा विद्यालय निर्माण गरी सायल गाँउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलसहितको उपस्थिति रहेको कार्यक्रममा हस्तान्तरण गरिएको छ ।
त्यस्तै सायल गाउँपालिका २ मा रहेको तामेश्वरी आधारभूत विद्यालय सिर्मामा ३ वटा विद्यालय भवन छात्र छात्रा शौचालय र बालमैत्री खानेपानी निर्माण गरिएको छ ।
सो विद्यालयमा ९५ लाख १७ हजार ५ सय २१ मा उक्त संरचना निर्माण गरिएको सामुदायिक विकास केन्द्रले जनाएको छ ।
परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा समुदाय र विद्यालय विपद पूर्व तयारी तथा उत्थानशिलता परियोजना मार्फत सुरक्षित र नमूना विद्यालय निर्माणको लागि सहयोग गर्दै आईरहेको छ ।
प्रकाशित समय : १७:१५ बजे


















