काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

1.47K
shares

झापा । यहाँको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन ।

सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ सङ्कलन गरिने अध्यक्ष थपलियाले बताए।