गृहपृष्ठ झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा । यहाँको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन ।

सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ सङ्कलन गरिने अध्यक्ष थपलियाले बताए।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु