गृहपृष्ठ दिल्लीस्थित नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले व्यक्त गरे दु:ख
दिल्लीस्थित नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले व्यक्त गरे दु:ख
काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत नेपालसँगै रहेको बताएका छन् ।
सिंहले सोमबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेर बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल र नेपालीप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन् ।
उनले बाढीबाट नेपाली नागरिकसँगै भारतीय नागरिकसहित विभिन्न देशका नागरिक प्रभावित भएको बताएका छन् । विपद्मा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रकाशित समय : १४:३६ बजे


















