गृहपृष्ठ पोल्यान्डका एमिलियन स्मेटेकले कर्णालीबाट खेल्ने
पोल्यान्डका एमिलियन स्मेटेकले कर्णालीबाट खेल्ने
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली कर्णाली शिवराजले पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको छ ।
स्मेटेक कर्णाली भित्रिने पहिलो विदेशी खेलाडी हुन् । स्मेटेकको आगमनपछि टोली थप बलियो बन्ने कर्णालीको अपेक्षा छ ।
उनीसँग पोल्यान्डका बिएलावियान्का बिएलावा, एजेडएस एजीएच क्राकोव, इकर लेग्निका र केएस नोर्विड चेस्टोचोवाबाट खेलेको अनुभव छ ।
कर्णालीको प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र सहायक प्रशिक्षकमा दीपेन्द्रप्रसाद भट्ट छन् ।
रविन नगरकोटी मार्की रहेको कर्णालीले अक्सनबाट धनबहादुर भट्ट, सन्तोष मेहता, रामविनय यादव, राजन थापा, विप्सन शाही ठकुरी, रविन रसाइली र सञ्जुविक्रम शाहलाई भित्र्याएको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट डम्बर बिसीलाई छनोट गरेको छ ।
प्रकाशित समय : १४:४८ बजे


















