गृहपृष्ठ गरिबी ३ प्रतिशत घट्छ : मन्त्री बाँस्कोटा
गरिबी ३ प्रतिशत घट्छ : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरिबी दर ३ प्रतिशतले घटाएर १५ प्रतिशतमा सीमित गरिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा : आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई शुक्रबार बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरिबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने दाबी गरे । ‘जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ,’ उनले भने ।
नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवर्धन गर्दै लैजाने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पुँजी निर्माण हुने बताए । भारतसँग १४ सय अर्बको व्यापार घाटा व्यहोर्दै आएकोमा यो वर्ष पहिलो पटक एक खर्बको निर्यात हुन सफल हुने तथ्य उनले पेस गरे ।
प्रकाशित समय : २२:३३ बजे


















