गृहपृष्ठ हिमालयन लाइफका कर्मचारीले रसुवा बाढीपहिरो पीडितलाई ८ लाखको राहत दिए
हिमालयन लाइफका कर्मचारीले रसुवा बाढीपहिरो पीडितलाई ८ लाखको राहत दिए
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।
बाढीपहिरो प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। नेपाली सेनामार्फत उक्त राहत सामग्री रसुवाका प्रभावित क्षेत्रमा पुर्याइनेछ।
बाढीपहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेपछि तत्काल सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूले आफ्नै पहलमा राहत संकलन गरेका हुन्।
हिमालयन लाइफका कर्मचारीहरूले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्व भएको भन्दै खाद्यान्न तथा आवश्यक लत्ताकपडा संकलन गरेका हुन्।
नेपाली सेनामार्फत राहत सामग्री वास्तविक प्रभावित परिवारसम्म पुर्याइने भएकाले सहयोग प्रभावकारी हुने विश्वास कर्मचारीहरूले व्यक्त गरेका छन्।
कर्मचारीहरूले आगामी दिनमा समेत विपद्का बेला आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित समय : १२:०१ बजे


















