काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

1.91K
shares

तनहुँ । तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि दुई लाख सहयोग गरेको छ ।

रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले दुई लाख सहयोग गरेको हो ।

समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको खर्च मध्येबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष राजु तिमिल्सिनाले जानकारी दिए ।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि समाजले आह्वानसमेत गरेको छ ।