गृहपृष्ठ धार्मिक बन्दै चीनीयाँ युवा, ३ युवा मध्ये एक थाले गुम्बा धाउन

धार्मिक बन्दै चीनीयाँ युवा, ३ युवा मध्ये एक थाले गुम्बा धाउन

धार्मिक बन्दै चीनीयाँ युवा, ३ युवा मध्ये एक थाले गुम्बा धाउन

काठमाडौं । चीनको रोजगारी बजारमा बढ्दो बेरोजगारी र तीव्र प्रतिस्पर्धाका बीच, युवाहरू अब केवल शैक्षिक प्रमाणपत्र, सीप र रोजगारीको तयारीमा मात्र निर्भर छैनन्। उनीहरूमध्ये धेरैजसो रोजगारी सुनिश्चित गर्ने र राम्रो करियर निर्माण गर्ने आशामा मन्दिर धाउन थालेका छन्।

‘वाल स्ट्रिट जर्नल’ को एक समाचार अनुसार चीनका करिब हरेक तीनमध्ये एक युवा रोजगारी वा करियरमा सफलताको कामना गर्दै चैत्य र गुम्बा जाने गरेका छन् । यस क्रममा सांघाईको ऐतिहासिक ‘लोङहुआ मन्दिर’ विशेष रूपमा लोकप्रिय गन्तव्यका रूपमा उदाएको छ।

चीनका युवाहरूका लागि चैत्य गुम्बा हरू अब केवल धार्मिक आस्थाका केन्द्र मात्र रहेका छैनन्। युवाहरू त्यहाँ रोजगारी, राम्रो तलब, परीक्षामा सफलता र करियरमा स्थिरताको कामना गर्दै पुग्ने गरेका छन्। आफ्ना इच्छाहरू पूरा हुने आशामा धेरैले धूप बाल्ने, प्रार्थना गर्ने र देवी देवताका सामु घुँडा टेकेर नमन गर्ने गर्छन्।

यस प्रवृत्तिको एउटा प्रमुख केन्द्रका रूपमा सांघाईको ‘लोङहुआ गुम्बा’ उदाएको छ । यो चीनका सबैभन्दा पुराना र प्रसिद्ध बौद्ध गुम्बा हरूमध्ये एक हो।

चीनमा युवाहरूका लागि रोजगारी पाउनु दिनप्रतिदिन कठिन हुँदै गइरहेको छ। सीमित संख्यामा उपलब्ध रोजगारीका अवसरहरूका लागि ठूलो संख्यामा शिक्षित युवाहरू प्रतिस्पर्धा गरिरहेका छन्। यसका साथै, आर्थिक अनिश्चितता र अपेक्षाअनुरूप आम्दानी नबढ्दा युवाहरूमा भविष्यलाई लिएर चिन्ता बढेको छ।

धेरैजसो युवाहरूलाई राम्रो शिक्षा र कडा परिश्रमले मात्र रोजगारी वा आर्थिक स्थिरताको सुनिश्चितता गर्दैन भन्ने लाग्छ। यस्तो परिस्थितिमा, मन्दिरहरू उनीहरूका लागि मानसिक शान्ति र आशाको स्रोत बन्दै गइरहेका छन्।

गुम्बा आउने युवाहरू आफ्नो करियरमा सफलता प्राप्त गर्न धूप बाल्छन्, सामूहिक प्रार्थनामा सहभागी हुन्छन् र मन्त्र जप गर्छन्। कोही कोही त रोजगारी र उज्ज्वल भविष्यको कामना गर्दै देवी देवताका मूर्तिसमक्ष नतमस्तक भई प्रार्थना गर्छन्।

यो प्रवृत्तिले चीनका युवाहरूको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई प्रतिविम्बित गर्छस जहाँ जागिरको खोजी अब केवल रोजगारीको विषय मात्र नभई भविष्यको सुरक्षा र स्थिरतासँग पनि जोडिएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार हरेक तीन चिनिया युवकमध्ये एक युवा आफ्नो जागिर वा करियरमा सफलताका लागि गुम्बामा प्रार्थना गरिरहेका छन्।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु