गृहपृष्ठ नयाँ सीईओ नियुक्ति हिमालयन लाइफलाई अदालतबाट रोक, निलम्बित सीईओको पक्षमा अन्तरिम आदेश

नयाँ सीईओ नियुक्ति हिमालयन लाइफलाई अदालतबाट रोक, निलम्बित सीईओको पक्षमा अन्तरिम आदेश

नयाँ सीईओ नियुक्ति हिमालयन लाइफलाई अदालतबाट रोक, निलम्बित सीईओको पक्षमा अन्तरिम आदेश

हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सुरु गरेको प्रक्रियामा अदालतले रोक लगाएको छ । हाल कम्पनीका निलम्बित सीईओ कपिल कुमार दाहालले बीमा प्राधिकरण र कम्पनी विरुद्ध दायर गरेको नयाँ सीईओ नियुक्ती प्रक्रिया रोक्का गरिपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालले अन्तरिम आदेश दिँदै प्रक्रिया रोक्न भनेको हो ।

सोमबार भएको एकल सुनुवाईपछि अल्पकालिन अन्तरिम आदेश जारी भएको छ । अब बीमा प्राधिकरण र हिमालयन लाइफ समेतलाई उपस्थित गराएर भदौ १५ गते अल्पकालिन आदेश जारी राख्ने कि खारेज गर्ने भन्ने बिषयमा बहस हुनेछ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सीईओ नियुक्तीका लागि आवेदन खुल्ला गरेकोमा हाललाई सर्वोच्च अदालतको आदेशद्वारा स्थगित भएको छ ।

सर्वोच्च अदालतले दुवै पक्षलाई यही भदौं १५ गते उपस्थित हुन भनेकोले सो दिन छलफल हुनेछ । बीमा ऐनमा भएको व्यवस्था अनुसार बीमा ऐन बमोजिमको मुद्दा अदालतमा चलेको अवस्थासम्म दाहाल सीईओमा फर्कने सम्भावना छैन । दाहाल धितोपत्र सम्बन्धी कसुरमा गत साउन २२ गते धरौटीमा रिहा भएका थिए । भदौं १५ गतेको बहसमा अन्तरिम आदेशले निरन्तरता नपाएको अवस्थामा हिमालयन लाइफमा सीईओ नियुक्तीको मार्गप्रसस्त हुनेछ । अन्तरिम आदेश जारी भएको अवस्थामा डेपुटी सिईओले कामु सीईओका रुपमा काम कारबाही गर्नु पर्नेछ ।

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु