काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुरिकेन्स एकेडेमी विरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

1.89K
shares

काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हुरिकेन्स एकेडेमी विरुद्धको खेलमा नेपाल ‘ए’ टोलीले पहिला ब्याटिङ गर्नेभएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा भर्खरै भएको टसमा हुरिकेन्स एकेडेमीले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै नेपाल ‘ए’ ले पहिला ब्याटिङको निम्तो पाएको हो ।

हुरिकेन्स विरुद्धको खेलमा नेपाल ‘ए’ टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ दुवैमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रोमा बङ्गलादेशको हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको थियो ।

यता समान दुई खेल खेलेको हुरिकेन्स पनि दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा भिक्टोरियासँग पराजित हुरिकेन्स दोस्रोमा बङ्गलादेशको टोलीसँग पराजित भएको थियो ।