गृहपृष्ठ झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

भद्रपुर । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२।८० किलोमिटर सडक ग्राभेल, ९।५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ ।

उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् ।

गत आवमा एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।

 

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु