गृहपृष्ठ पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

गण्डकी।मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् ।

माछापुछ«े गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।

युवकहरुको मोबाइल बन्द रहेको माछापुछ ६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।

“मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ”, उनले भने ।

 

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु