गृहपृष्ठ मुख्यमन्त्री कार्की र एमाले अध्यक्ष ओली भेटवार्ता निष्कर्ष विहीन

मुख्यमन्त्री कार्की र एमाले अध्यक्ष ओली भेटवार्ता निष्कर्ष विहीन

मुख्यमन्त्री कार्की र एमाले अध्यक्ष ओली  भेटवार्ता निष्कर्ष विहीन

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयलाई लिएर नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिचको छलफलमा निष्कर्षविहीन भएको नेताहरूले बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवासमा भएको भेटमा कोशीका मुख्यमन्त्री कार्कीसहित एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी सहभागी थिए ।भेटघाटको कार्यक्रम सकिएको र कुनै निर्देशन नभएको सचिव भण्डारीले जानकारी दिए । ‘भेटघाट सकिएको छ । कुनै निर्देशन भएको छैन । उपर्युक्त समयमा निर्देशन दिन्छु भन्नुभएको छ,’ भण्डारीले अध्यक्ष ओलीले भनेको कुरा उल्लेख गर्दै भने ।

मुख्यमन्त्री कार्कीनिकट एमाले कोशीका सांसद रेवतीरमण भण्डारीले पनि अहिले कुनै स्पष्ट सन्देश नआएको बताए । ‘छलफल सकिएको भए पनि कुनै ठोस कुरा नआएको बुझिएको छ,’ भण्डारीले भने । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार साँझ पनि ‘वान टु वान’ भएका थिए ।

भेटका क्रममा ओलीले कुनै कुरा नगरे पनि कार्कीका कुरा सुनेका थिए ।मंगलबार नै मुख्यमन्त्री कार्कीसँग भेट हुनु अगाडि ओलीले कोशी प्रदेशका एमाले पार्टी अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग ब्रिफिङ लिएका थिए ।

उनीहरूसँगको भेटमा भने ओलीले मुख्यमन्त्रीको विकल्प खोज्नुपर्ने बताएका थिए । ‘अध्यक्षसँगको भेट भयो । नेतृत्व परिवर्तन गरेर जाँदा यो बेलामा राम्रै हुन्छ भन्ने उहाँको आशय थियो,’ एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने, ‘हामीले कोशी प्रदेशका सांसदहरूले दिएको सुझाव र फिल्डको अवस्था सुनायौं । उहाँले म मुख्यमन्त्रीसँग कुरा गर्छु । तपाईंहरूलाई राजनीतिक निर्देशन आउँछ भन्नुभएको छ ।

’अध्यक्ष ओलीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन लविङ गरिरहेका छन् । पार्टी सचिव एवम् प्रदेश इन्चार्ज शेरधन राई स्वयं मेन्याङ्बोको पक्षमा बहुमत जुटाउने प्रयासमा छन् । संविधानको धारा १६८ को (५) अनुसार बनेको सरकार भएकाले उनलाई हटाउन सहज छैन । कार्कीले पार्टीको आधिकारिक निर्णय नआएसम्म राजीनामा नदिने अडान लिएपछि एमाले संसदीय दलमा हस्ताक्षर क्याम्पेन सुरु भएको छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु