global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएको छन् ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेको उक्त मुलुकका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताउनुमा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले लगानीका लागि नयाँ–नयाँ क्षेत्र पहिचान गर्न आवश्यक भएको बताउँदै ऊर्जा र उत्पादन क्षेत्रसँगै पारस्परिक सहकार्यका अन्य क्षेत्रमा पनि साझेदारी विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे्।

उनले शिक्षा क्षेत्रमा दुई देशका अनुसन्धान संस्थाबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिँदै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) नेपाल– कोरिया सम्बन्धको नमूना बनेको बताए । यसबाट दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनेको परराष्ट्रमन्त्रीको कथन थियो ।

राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताए । उन्ले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरे् ।

प्रकाशित समय : १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु