गृहपृष्ठ पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
जनकपुरधाम । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ ।
गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।
प्रकाशित समय : १२:४६ बजे



















