global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरी–सिरहा प्रदर्शनमा ज्यान गुमाएका तीन जनाको आत्माको शान्तिका लागि पशुपतिमा काँवरीयाहरूको श्रद्धाञ्जलीसभा

सुनसरी–सिरहा प्रदर्शनमा ज्यान गुमाएका तीन जनाको आत्माको शान्तिका लागि पशुपतिमा काँवरीयाहरूको श्रद्धाञ्जलीसभा

सुनसरी–सिरहा प्रदर्शनमा ज्यान गुमाएका तीन जनाको आत्माको शान्तिका लागि पशुपतिमा काँवरीयाहरूको श्रद्धाञ्जलीसभा

सिरहा । सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादव, ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा काँवरीयाहरुले श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।

सिरहाका काँवरीयाहरुले तीनै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माले चिरशान्ति प्राप्त गरोस् भनी प्रार्थना गरेका हुन् । साथै, देशमा शान्ति, सद्भाव, सामाजिक एकता र आपसी भाइचाराको वातावरण अझ सुदृढ बनोस् भन्दै भगवान पशुपतिनाथसँग विशेष प्रार्थना गरिएको जनाइएको छ ।

श्रद्धाञ्जली सभामा सहभागी काँवरीयाहरु सिरहाको उत्तरवाहिनीबाट जल बोकेर करिब आठ दिनअघि पैदल यात्रामा निस्किएका थिए । पशुपतिनाथ मन्दिर पुगेपछि उनीहरुले विधिपूर्वक जल अर्पण गरेका थिए ।

जल चढाउने धार्मिक अनुष्ठान सम्पन्न गरेपछि उनीहरुले हालैका घटनामा ज्यान गुमाएका गणेश यादव, ओमप्रकाश मेहता र जयप्रकाश मेहताको स्मृतिमा मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले हिंसा र द्वन्द्वले कसैको हित नगर्ने उल्लेख गर्दै समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुप धारणा व्यक्त गरेका थिए ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु