गृहपृष्ठ अग्निपीडितलाई राहत वितरण
अग्निपीडितलाई राहत वितरण
भद्रपुर । लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोड–५ डाँडागाउँमा आगलागीबाट प्रभावित तीन परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
गत बिहीबार विद्युत् सर्ट भई आगो लाग्दा कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करिब रु ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
पीडितपरिवारको दैनिक जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले लायन्स क्लबले आज खाद्यान्न, लत्ताकपडा, झुल तथा विद्यालय जाने बालबालिकाका लागि विद्यालय ब्याग र पोशाक वितरण गरेको हो ।
क्लबका अध्यक्ष सञ्जय चौधरीका अनुसार राहत सामग्रीमा चामल, दाल, नुन, चिउरा, चना, आलु, प्याज, न्युटेला, मुराईलगायत दैनिक उपभोगका खाद्यान्न समावेश छन् ।
यसअघि शनिबार बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यसमेत रहेका ती तीन अग्निपीडित परिवारलाई राहत उपलब्ध गराएको थियो । संस्थाले चामल, दाल, तेल, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, झुल,
प्रकाशित समय : ०६:०३ बजे



















