काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद

2.48K
shares

सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका–५ स्थित गुलरिया घाट नजिकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका तीन लाखभन्दा बढी मूल्यका सिलाइसम्बन्धी सामग्री बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक निरीक्षक केशव साउदको कमान्डमा खटिएको टोलीले आज बिहान जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा रहेको तीन लाख चार हजार बराबरका सामान फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

बरामद गरिएका सामग्रीमा लुगा सिलाउन प्रयोग हुने धागो, फास्टेनिङ टेप, निडल प्लेट, ड्रेस हुक, पिटम्यान सेट, निडल होल्डर, ट्रेडल स्क्रु, सिलाइ मेसिन मोटर, ट्राउजर हुक, धागो काट्ने कैची तथा बटनलगायतका सामग्री रहेका छन् ।

सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान तथा भन्सार कार्यालयमा बुझाइने र सीमावर्ती क्षेत्र भएर हुने भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती तथा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।