गृहपृष्ठ कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई
कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई
काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् ।
यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिगत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान २० दिने बिदामा बसेकी थिइन् ।
प्रकाशित समय : १३:३९ बजे



















