global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता

मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता

मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री चौधरीले सन् १९५४ देखिको महत्त्वपूर्ण र विश्वासिलो विकास साझेदारको रूपमा जापानले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपालको बागवानी विकास, बीउविजन सुधार परियोजनामा जापान सरकार र जाइकाले गरेको योगदानप्रति आभार व्यक्त गरे।

उहाँले व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण र उच्च प्रविधिको दुग्ध प्रशोधन प्लान्ट स्थापनाका लागि सहयोगको अपेक्षा गर्दै बीउविजन, जैविक विषादी र मिश्रित मल उत्पादनमा जापानी लगानी र प्रविधि भित्र्याउन पहलको अनुरोध गरे ।

मन्त्री चौधरीले जापानमा रहेका तीन लाखभन्दा बढी नेपाली नागरिकले दुई देशको सम्बन्धलाई जनस्तरमै प्रगाढ बनाएको उल्लेख गर्दै राजदूत मायदाको कार्यकालमा नेपाल–जापान आर्थिक सहकार्य, व्यापार र लगानीले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको थियो ।

उनीहरुबीच कृषि अनुसन्धान, कृषि अध्ययनरत विद्यार्थीहरूका लागि ‘लर्न एण्ड अर्न’  कार्यक्रम, धान खेतीमा यान्त्रीकीकरणलगायत आधुनिक कृषि प्रणालीमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु