गृहपृष्ठ पुराना मोडेलका कारका लागि होण्डाको निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

पुराना मोडेलका कारका लागि होण्डाको निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

पुराना मोडेलका कारका लागि होण्डाको निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले पुराना मोडेलका होण्डा कारका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान सञ्चालन गरेको छ। ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न कम्पनीले उक्त अभियान सुरु गरेको छ।

कम्पनीका अनुसार सन् २००१ देखि २०१४ बीच निर्माण भएका सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका केही गाडी यस अभियानअन्तर्गत पर्न सक्छन्। ग्राहकले आफ्नो गाडी रिकल अभियानमा परेको वा नपरेको होण्डाको आधिकारिक वेबसाइटमार्फत भेहिकल आइडेन्टिफिकेसन नम्बर (VIN) प्रयोग गरेर जाँच गर्न सक्ने कम्पनीले बताए ।

अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग परीक्षण तथा आवश्यक परे इन्फ्लेटर परिवर्तन वा मर्मत पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकबाट कुनै शुल्क नलिइने कम्पनीको भनाइ छ।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले सम्बन्धित ग्राहकलाई नजिकको होण्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग जाँच गराउन आग्रह गरेको छ। सर्भिस बुकिङ तथा थप जानकारीका लागि कम्पनीले आधिकारिक सम्पर्क माध्यम प्रयोग गर्न पनि अनुरोध गरेको छ।

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु