global ime bank Long Banner Ad

गृहपृष्ठ रुद्रमती स्मारिका’ सार्वजनिक

रुद्रमती स्मारिका’ सार्वजनिक

रुद्रमती स्मारिका’ सार्वजनिक

काठमाडौँ । रुद्रमती सफाइ अभियान सुरु भएको १२ वर्ष पूरा भएको अवसरमा अभियानका अनुभव र उपलब्धि समेटिएको ‘रुद्रमती स्मारिका’ प्रकाशन भएको छ ।

रुद्रमती सरोकार समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, संवैधानिक कानुनका जानकार काशीराज दाहाल, पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतले स्मारिकाको संयुक्त रूपमा स्मारिका विमोचन गरे।

त्यस अवसरमा कार्यवाहक नगरप्रमुख डङ्गोलले काठमाडौँ उपत्यकाका नदी सफा गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक भएकामा जोड दिए ।

रुद्रमती सफाइ अभियानमा योगदान गरेका काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार, वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की, माथिल्लो वाग्मती सफाइ अभियान तथा असहाय गाईबाच्छा संरक्षण अभियानका उत्तम पुडासैनी, वाग्मती सफाइ अभियानका लक्ष्मी पौडेलललाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको रुद्रमती क्षेत्रलाई १० भागमा विभाजन गरी सफाइ अभियान सञ्चालन भएको छ ।

विसं २०७० फागुन १० गतेदेखि सुरु भएको रुद्रमती सफाइ अभियानमा हालसम्म ४१५ संस्था सहभागी भएका जनाएका छन् । यो अवधिमा दुई लाख ८७ हजार स्वयंसेवकले सात हजार ७६० टन फोहर व्यवस्थापन गरेका छन् । प्रत्येक शनिबार बिहान दुई घण्टा वाग्मतीसँगै रुद्रमतीको पनि नियमित सफाइ हुँदै आएको छ ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु