गृहपृष्ठ भोलि साउनको पहिलो सोमबार, आजसम्म पशुपतिनाथमा तयारी शून्य
भोलि साउनको पहिलो सोमबार, आजसम्म पशुपतिनाथमा तयारी शून्य
हिन्दु धर्मावलम्बीका लागि विशेष महत्व बोकेको साउनको पहिलो सोमबार भोलिबाट सुरु हुँदैछ। हरेक वर्ष साउन महिनाका सोमबार भगवान् शिवको दर्शन र पूजा–आराधनाका लागि हजारौं भक्तजन पशुपतिनाथ मन्दिर पुग्ने गर्छन्।
तर, पहिलो सोमबारको अघिल्लो दिनसम्म पनि पशुपति क्षेत्र विकास कोष परिसरमा विशेष तयारी देखिएको छैन। दर्शनार्थीको व्यवस्थापनका लागि बनाइने लाइन, सूचना बोर्ड, सुरक्षा व्यवस्थाको समन्वय, खानेपानी, स्वास्थ्य सहायता तथा भीड व्यवस्थापनसँग सम्बन्धित पूर्वतयारीहरू अझै सुरु नभएको देखिन्छ।
प्रकाशित समय : १४:४९ बजे


















