global ime bank Long Banner Ad

गृहपृष्ठ संयोजक दाहाल श्रीलङ्का प्रस्थान

संयोजक दाहाल श्रीलङ्का प्रस्थान

संयोजक दाहाल श्रीलङ्का प्रस्थान

काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२ देखि आगामी साउन २ गतेसम्म हुने एसियाली संवादमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

दाहालका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल सहभागी छन् ।

श्रीलङ्कामा रहँदा संयोजक दाहालले त्यहँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलङ्काका महासचिलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

 

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु