global ime bank Long Banner Ad

गृहपृष्ठ वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो ।

वन क्षेत्रमा तापक्रम बढ्नु र पानीका स्रोत सुक्दै जान थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा त्यस्ता पोखरीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताए ।

डिभिजन वन कार्यालयका वन अधिकृत नुर मुहमत मियाका अनुसार वन्यजन्तु तथा वासस्थान संरक्षण कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणमा कार्यालयको रु पाँच लाख र उपभोक्ता समूहको श्रमदान बराबर रु ५३ हजार गरी कुल पाँच लाख ३८ हजार खर्च भएको छ ।

वन क्षेत्रमा नै पानीको व्यवस्था भएपछि मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने उनले बताए । “वनमा पानीको अभाव हुँदा वन्यजन्तु बस्तीमा पस्ने गरेका छन् । त्यसलाई रोक्न यस्ता संरचना आवश्यक छन्,” उनले भने।

डिभिजन वन कार्यालयका कर्मचारी सीताराम ओझाले पोखरी निर्माणले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । पानी सहज रूपमा उपलब्ध भएपछि वन्यजन्तुलाई वन क्षेत्रमै बस्न सहज हुने उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले पोखरी निर्माणले वनको जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताए । यस्ता संरचनाले वन्यजन्तुको वासस्थान जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु र खडेरी बढ्दै जाँदा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा भुल्के छोक्ला सामुदायिक वनमा निर्माण गरिएको पोखरी वन्यजन्तु संरक्षणका लागि उपयोगी हुने स्थानीयवासीको भनाइ छ । वन कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : ०६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु