global ime bank Long Banner Ad

गृहपृष्ठ गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्यो माइतीघर

गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्यो माइतीघर

गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्यो माइतीघर

काठमाडौँ । सरकारको विरोधमा बिस्तारै आन्दोलन सुरु हुन थालेको छ । विगतमा दैनिकजसो काठमाडौँको माइतीघरमा हुने गरेका प्रदर्शन घट्न थालेका थिए ।

०८३ वैशाख १२ देखि सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ र जडीबुटीस्थित मनोहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गर्दा कोही सडकमा निस्किएनन् ।

यसअघिका दिनहरूमा सुकुमबासी बस्तीमा डोजर पठाउँदा सुरक्षाकर्मी र सुकुमबासीको बिचमा डरलाग्दो ‘मुठभेड’ हुने गरेको थियो ।त्रिपुरेश्वरमा मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका गणेश नेपालीले मोटरसाइकलको ह्वील लक गरेको विषयमा विवाद हुँदा आफैँलाई आगो लगाए ।

असार २५ गते आफैँलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो । सो घटनापछि आन्दोलनको स्थायी थलो माइतीघरमा पुनः प्रदर्शन सुरु भएको छ । गणेशका परिवार, आफन्त र मुगुबासीहरूले माइतीघरमा लगातार प्रदर्शन गरिरहेका छन् ।

परिवार र आफन्तलाई संघ–संस्थाहरूले पनि प्रदर्शनमा साथ दिएका छन् । गणेश नेपालीको मृत्युको विषयलाई लिएर जनपक्षीय ट्रेड युनियनको अध्यक्ष कुमार घतानीको नेतृत्वमा ३० जनाभन्दा बढी मानिस भेला भएर शनिबार प्रदर्शन गरे ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित सांसद खड्गबहादुर शाहीले संसदमा गणेश नेपालीको घटनाबारे प्रश्न उठाएका थिए । उनले सम्पूर्ण मुगुबासीलाई सो घटनाको विरुद्ध प्रदर्शन गर्न आग्रह गरेका छन् ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु