global ime bank Long Banner Ad

गृहपृष्ठ मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च शुरु

मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च शुरु

मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च शुरु

जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमान्डौसम्मको पैदल मार्च शुरु गरेका छन् ।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।

पैदल मार्च शुरु गर्नुअघि लघुवित्त्त्त तथा वित्तिय शोषन विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रि अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए ।

उनले बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरुको समस्या समाधान गर्ने उद्घोष गरेतापनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे ।

अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए ।

उनले काठमाडौं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए । उनले मिटरब्याज पीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमान्डौ सम्मको पैदल यात्रामा सहभागी हुन आग्रह गरे ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु