global ime bank Long Banner Ad

गृहपृष्ठ मेची इन्डस्ट्रिज र भारतीय कम्पनीबीच उत्पादन क्षमता विस्तारका लागि सम्झौता

मेची इन्डस्ट्रिज र भारतीय कम्पनीबीच उत्पादन क्षमता विस्तारका लागि सम्झौता

मेची इन्डस्ट्रिज र भारतीय कम्पनीबीच उत्पादन क्षमता विस्तारका लागि सम्झौता

काठमाडौं । एएसी (AAC) ब्लक उत्पादक मेची इन्डस्ट्रिज लिमिटेडले उत्पादन क्षमता विस्तारका लागि भारतको लक्ष्मी इन–फ्याब प्रालिसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।

कम्पनीका अनुसार सम्झौताअनुसार मासिक ५ हजार क्युबिक मिटर एएसी ब्लक उत्पादन क्षमता थपिनेछ। उत्पादन विस्तारसँगै मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ र वाल पुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा उपकरण खरिद प्रक्रिया पनि अघि बढाइएको छ।

कम्पनीले उक्त साझेदारीले उत्पादन क्षमता विस्तारका साथै निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई टेवा पुग्ने जनाएको छ।

यसैबीच, मेची इन्डस्ट्रिजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त तीनवटा आईएसओ (ISO) प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले आईएसओ ९००१:२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), आईएसओ १४००१:२०१५ (वातावरणीय व्यवस्थापन प्रणाली) र आईएसओ ४५००१:२०१८ (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) को प्रमाणपत्र हासिल गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष पवन घिमिरेले प्रमाणपत्रले गुणस्तर, सुशासन, वातावरणीय जिम्मेवारी तथा कर्मचारीको स्वास्थ्य र सुरक्षाप्रतिको कम्पनीको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको बताए। आगामी दिनमा पनि वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन र गुणस्तरीय उत्पादनमार्फत औद्योगिक विकासमा योगदान दिने उनले बताए।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु