global ime bank Long Banner Ad

गृहपृष्ठ चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति, राहतको व्यवस्था गर्न सरकारसँग माग

चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति, राहतको व्यवस्था गर्न सरकारसँग माग

चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति, राहतको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । एमालेका प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेको थप करिब ५० वटा घाइते भएको बताएका हुन् । उनले किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘मेरो गृह जिल्ला बझाङको सुर्म गाउपालिका वडा नम्वर २ मा २२ गते राति ठुलो चट्याङ परेर रण बहादुर बोहोरा र लाल चन्द्र बोहोराको करिब १०० ओटा भोडा मरे र ५० वटा जति घाइते भएका छन् ।’

उनले उक्त घटनाबाट किसानलाई ३० देखि ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको बताए । पशुपालन नै उनीहरूको मुख्य जीविकोपार्जनको आधार भएकाले सरकारबाट तत्काल सहयोग आवश्यक रहेको बताए ।

‘३०÷४० लाख भन्दा बढीको क्षति भएको छ । उहाँहरूको जिउने आधार नै मुख्य त्यही थियो । यस प्रति म सरकारको गम्भीर ध्यान आर्कषन गराउन चाहन्छु । ती किसान हरूको क्षति पूर्तिको व्यवस्था गरियोस्,’ उनले भने, ‘कृषिलाई एउटा अर्थतन्त्रको एउटा महत्त्व पूर्ण आधारको रूपमा अगाडि बढाउन खोजी रहेका छौँ । सरकारले कृषि प्रवद्र्धनको कुरा गरीरहेको छ । यसरी कृषि व्यवसाय गरी रहेका किसानहरूलाई सरकारले ध्यान दिनु पर्दछ । उहाँहरूको ठुलो क्षती भएको छ ।’

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु