global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली दुर्घटना राज्यको चरम बेवास्ताको परिणाम : प्रमुख सचेतक थापा

कर्णाली दुर्घटना राज्यको चरम बेवास्ताको परिणाम : प्रमुख सचेतक थापा

कर्णाली दुर्घटना राज्यको चरम बेवास्ताको परिणाम : प्रमुख सचेतक थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको भएपनि यति लामो समय बितिसक्दा समेत राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन् ।

उनले कर्णालीमा हुने यस्ता दुर्घटना नयाँ नभएको उल्लेख गर्दै त्यहाँका सडकहरू अहिले सडकभन्दा पनि ’मृत्यु मार्ग’ जस्ता बनेको टिप्पणी गरिन् ।

‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ । ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेकपटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो?’उनले प्रश्न गरिन्।

थापाले कर्णालीवासीले सुरक्षित यात्रा गर्ने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै राज्यले अब पनि गम्भीरता नदेखाए यस्ता घटना दोहोरिरहने चेतावनी दिइन्।

‘के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के उनीहरूको निधारमा अकाल मृत्यु मात्रै लेखिएको छ ? म यसलाई दुर्घटना भन्न तयार छैन। यो त राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड हो,’ उनले भनिन्।

प्रमुख सचेतक थापाले कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना रोक्न तत्काल ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु